FAQs Complain Problems

सूचना तथा समाचार

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदकको विचको नाता प्रमाणीत प्रमाण पत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा सक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकीएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ