सूचना तथा समाचार
जानकी गाउँपालिका को संक्षिप्त परिचय
मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल शहर बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारत को सीमाना संग जोडेको देखाउछ|
यस गाउँपालिकामा जम्मा वडा ६ वटा रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ | जानकी गाउँपालिकाको कुल जनसंख्या ३७८३९ रहेको छ जस मध्य पुरुषको जनसंख्या १९३३३ र महिला जनसंख्या १८४०६ रहेको छ | यस गाउँपालिकाको मुख्य बजार पिप्रवा चोक र मानपुर मानिन्छ | यस जानकी गाउँपालिका क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरु पूर्वमा– नेपालगंज, पश्चिममा– खजुरा सिमाना, उत्तरमा– कोहल्पुर, र दक्षिणमा - भारतको सिमाना रहेका छन ।
गाउँपालिकासंग सम्बन्धित तथ्यांकहरु:
कुल क्षेत्रफल: ६३.३२ वर्ग कि.मी.
जम्मा वडा : ६ वटा
कुल जनसंख्या : ३७८३९
पुरुष जनसंख्या : १९३३३
महिला जनसंख्या : १८४०६
कुल घरधुरी : ६७२४