सूचना तथा समाचार
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
उत्तर: जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने),
- आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि,
- आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि,
- सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
- कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस,
- आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि,
- अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि,
- वडाको किटानी सिफारिस,
- दस्तुर न.पा.को नियमानुसार र
- माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ